दिपायल – सुदूरपश्चिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिमको बैतडी जिल्लाको मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको हो ।
दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्ड्येको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका-७ का ३४ वर्षीय जनक बडु, मेलाैली-२ बस्ने ४३ वर्षीय डम्बरदत्त पाण्डे,३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेका छन् । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...