२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

प्रहरीको हत्यामा संलग्न भनिएका व्यक्ति पक्राउ 

दिपायल – प्रहरी जवान शंकर बलायरको हत्याका आरोपित व्यक्ति पक्राउ परेका छन् । डोटी प्रहरीले सोमबार हत्यामा संलग्न आरोपित व्यक्तिलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न आरोपित व्यक्ति बस चालक रहेको प्रहरीले जनाएको छ ।

शिखर नगरपालिका – ८ तिलताली घर भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायर दशैंको भोलिपल्ट (गत १७ गते) मध्यराति १२: १५ बजेको समयमा मृत भेटिएका थिए ।

मृतक बलायर दशैं विदामा घर आएको समयमा यो घटना भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मध्यराति बसले ठक्कर दिएर बलायरको मृत्यु भएको हो । बलायरलाई ठक्कर दिएर चालक बस सहित फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको बताए । हत्यामा संलग्न  भनिएका व्यक्तिको आधिकारिक परिचय भने खुलाइएको छैन । उनलाई केही समयमै आधिकारिक रूपमा सार्वजनिक गरिने प्रहरी उपरीक्षक नेपालले बताए ।

पक्राउ परेका व्यक्तिले कसुर स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०८२ आश्विन २१

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP