दिपायल – कपिलवस्तुमा भएको बस दुर्घटनामा डोटीकी १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका – १ तीखाका खगेन्द्र खड्काको छोरी सरस्वतीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरस्वतीको जापानको भिसा आइसकेकोले दशैं लगत्तै घरबाट काठमाडौंका लागि हिँडेकी थिइन् । शुक्रबार बिहानै दिपयालबाट धनगढीका हिँडेकी सरस्वती धनगढीबाट रात्री बस चढेर काठमाडौंका लागि हिँडेकी थिइन् ।
सरस्वतीका आफन्तले बताए अनुसार उनी २० गते जापानका लागि उड्ने तयारीमा थिइन् ।
धनगढीबाट काठमाडौं जादै गरेको सरस्वती चढेको ना.८ ख ५७०३ नम्बरको बस शनिबार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ वनकसवासामा दुर्घटना भएको हो ।
कपिलवस्तु प्रहरी प्रमुख सन्तोष आचार्यका अनुसार दुर्घटनामा परी गम्भीर घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर छ ।
बिहानको समयमा तीव्र गतिको गाडी मोडमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...