२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

विदाको दिन सरकारी मोटरसाइकल दुर्घटना, दुई जना घाइते

फाईल फोटो

दिपायल – डोटीमा मोटरसाइकल दुघर्टनामा परेर दुई जना घाइते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका – ४ चन्केसैनबाट गाउँपालिकाको केन्द्र वायल आउँदै गरेको सु.प.प्र.०३००१ बा ००४६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटना भएको मोटरसाइकल वडा नम्बर ४ को रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान ११ बजेको समयमा दुघर्टना भएको उक्त सरकारी मोटरसाइकल २१ वर्षीय आशिष सिजापतिले चलाएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक सिजापति सामान्य घाइते भएका छन् भने मोटरसाइकल पछाडी सवार २५ वर्षीय कृष्ण पाण्ड्ये गम्भीर घाइते भएका छन् । सिजापतिको स्थानीय स्वास्थ्य चौकीका उपचार भइरहेको छ भने पाण्ड्येलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

विदाको समयमा सरकारी मोटरसाइकल कुन प्रयोजनका लागि किन चलाइएको हो भन्ने विषय खुलेको छैन । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ आश्विन १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP