२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानद्वारा अनुसन्धानमूलक थप तीन कृति प्रकाशन

दिपायल,  भदाै २ गते । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले थप तीन अनुसन्धानमूलक कृति प्रकाशन गरेको छ। प्रतिष्ठानले राउटे जातिको सामाजिक एवम् सांस्कृतिक अध्ययन, राजी जातिको सामाजिक एवम् सांस्कृतिक अध्ययन र छन्द सागर नामक कृति प्रकाशन गरेको हो ।

सुदूरपश्चिममा लोपोन्मुख राउटे र राजी जातिको सामाजिक र सांस्कृतिक अध्ययन गराएर प्रतिष्ठानले खोजमूलक कृति प्रकाशन गरेको सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद डा. टीएन जोशीले बताए।

प्रतिष्ठानले सुदूरपश्चिमका रही छन्दमा कलम चलाउने कविहरूका उत्कृष्ट कविता छनौट गरी छन्द सागर कृति पनि प्रकाशन गरेको छ। छन्द सागरमा चालिस भन्दा बढी कविका छन्द कविता समेटिएका छन्।

सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानले चाँडै सुदूरपश्चिमका स्रष्टाहरूको परिचय कोष र डोटी राज्यको इतिहास पनि प्रकाशन गर्न लागेको उपकुलपति जोशीले बताए।

न्युन बजेट र जनशक्तिको अभाबका बिच प्रज्ञा-प्रतिष्ठानले प्राज्ञिक र सांस्कृतिक कर्ममा आफूलाई निरन्तर अगाडि बढाएको छ।

प्रतिष्ठानले यस अघि थारू लोकसंस्कृति र लोककथा, अनुसन्धानमूलक ग्रन्थ सगुन र सुदूरपश्चिमको संस्कृति सङ्ग्रह प्रकाशन गरिसकेको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ भाद्र २

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP