दिपायल, साउन ३१ गते । नेपाल स्वास्थ्यकर्मी संघ डोटीको अध्यक्षमा नवीन माझी निर्वाचित भएका छन् । संघको स्वाथ्य निर्देशनालय राजपुरमा सम्मपन्न चौथो अधिवेशनबाट माझीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
खुला उपाध्यक्षमा लक्ष्मी विनाडी र ललिता ऐर निर्वाचित भएका छन् । उपाध्यक्षमा गोरखनाथ बुढा, मोहन बहादुर कठायत, निर्मला बोगटी र रघु सुनार निर्वाचित भएका छन् ।
सचिवमा टेक खड्का र कोषाध्यक्षमा दीपक बलायर निर्वाचित भएका छन् । सह-सचिवमा कविन्द्र भण्डारी, लालदेव सहनी, वासुदेव रावल र भक्त टमटा निर्वाचित भएका छन् ।
खुला सदस्यमा पदम थापा, अमर बहादुर खड्का, नरेन्द्र बहादुर अधिकारी र निरा कुमारी भण्डारी निर्वाचित भएका छन् । त्यस्तै समावेशी सदस्यमा जानु कुमारी माझी र रूपा रावल पुनमगर निर्वाचित भएका छन् ।
अधिवेशनबाट प्रदेश र संघीय अधिवेशन प्रतिनिधि पनि निर्वाचित गरिएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा हरिश्चन्द्र शाह, योगेन्द्र शाही, लाल बहादुर खड्का, अमर सिंह भाट, महेन्द्र खड्का र उत्तमराज उपाध्याय निर्वाचित भएका छन् ।
त्यस्तै संघीय अधिवेशन प्रतिनिधिमा कैलाश बहादुर बलायर, गंगा कुमारी माझी, तेज बहादुर खड्का, धर्म सिंह बम, मकर बहादुर खड्का र दीपक बहादुर खड्का निर्वाचित भएका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ डोटीका अध्यक्ष अर्जुन बलायरको सभाध्यक्षमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस डोटीका कार्यवाहक सभापति एबं दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विषय खड्का प्रमुख अतिथि रहेका थिए भने शिखर नगरपालिका नगर प्रमुख दीर्घ बहादुर बलायर विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्था तथा स्वाथ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...