२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

डोटीमा जीप दुर्घटना : गर्भपती महिलासहित ३ जनाको मृत्यु, ५ घाइते 

दिपायल, असर ६ गते । डोटीमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका – १ खिरधार धौलामाटी भन्ने ठाउँमा शुक्रबार दिउँसो जीप दुर्घटना भएको हो ।

आदर्श गाउँपालिकाबाट मेल्लेख तर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १३९५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल भिरमा खसेको प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताउनु भयो ।

प्रहरीका अनुसार दुर्घटनामा सायल गाउँपालिका -४ सुण्ड निवासी ४१ वर्षीया हरु देवी विक, जीप चालक आदर्श गाउँपालिका – ७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका – ६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल गर्भवती रहेको प्रहरीले जनाएको छ ।

बिक र जीप चालक कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने कटुवालको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।

दुर्घटनामा आदर्श गाउँपालिका ३ नुवाकोटकी १४ वर्षीया अनिता बिक, सोही ठाउँकी १६ वर्षीय स्यानु बिक, आदर्श गाउँपालिकाकै वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, सोही ठाउँका

१४ वर्षीय दिपक विष्ट घाइते भएका छन् । त्यस्तै मृतक कटुवालकी ९ वर्षीया छोरी सविता कटुवाल पनि दुर्घटनामा घाइते भएकी छिन् ।

दुर्घटनाका ५ जना घाइतेहरुमध्य २ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ भने ३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८२ असार ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP