काठमाडौं । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी आफूलाई ‘महानायक’ भन्दै व्यंग्य गर्नेहरुविरुद्ध कठोर निर्णय लिएका छन् । उनले अब आइन्दा महानायक भन्नेहरूलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिने घोषणा गरेका छन् ।
आज बिहान दीपकराजले फेसबुकमा एउटा सामान्य स्टाटस लेखेका थिए । उनको स्टाटस थियो, ‘फेसबुकको पर्खाल आफ्नो विचार पोख्ने थलो हो , यहॉ आफूलाई के मन पर्छ त्यो लेख्ने हो दुनियॉलाई के मन पर्छ त्यो लेख्ने होइन शुभदिन ।।’
यो स्टाटसमा केही व्यक्तिले ‘महानायक’ भन्दै घोचपेच गरेपछि दीपकराजको धैर्यता भंग भएको हो ।
उनले आफ्नो स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘अर्को सानो जानकारी गराउँदैछु । आजबाट जस जस्ले मलाइ महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाइ मेरो फेसबुकमा ब्लक गर्दैछु , यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन फरक विचार स्वागत, असभ्यता अस्वीकार शुभदिन !’
दीपकराजकी सहकलाकार दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेश हमालको महानायकत्वमाथि प्रश्न उठाएपछि विवाद उब्जिएको थियो । उक्त विवादले उग्ररूप लिँदै गएपछि दीपकराजले दीपाश्रीको बचाउमा मुख खोलेका थिए । त्यसपछि हमालका समर्थकले दीपकराजलाई होच्याएर ‘महानायक’ भन्ने गरेका हुन् ।
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...