२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

कैलालीमा किशोरीमाथि करणी आरोपमा दुई जना पक्राउ

कैलाली- कैलालीमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । उनकाअनुसार किशोरीमाथि किशोरले भदौ तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ भने दर्लामीमगरले पनि भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको छ ।

प्रहरीले दुवै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०८१ आश्विन १८

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP