२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

चोरीबाट नेपाल आएको ४१५.३७ ग्राम सुन प्रहरीले बरामद गरी धनीलाई हस्तान्तरण गर्‍यो

डोटी । भारतबाट चोरी भएर नेपाल आएको सुन प्रहरीले बरामद गरी सम्बन्धित सुन धनीलाई फिर्ता गरेको छ । भारतको राजस्थान राज्य नागौर किशनगढ जिल्ला परवतसर स्थित एक घरबाट चोरी गरी नेपाल ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन प्रहरीले सुन धनी महेन्द्र सिहलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले बिहिवार जनप्रतिनिधिको रोहोवरमा सुन हस्तान्तरण गरेको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिका–२ का २४ वर्षीय रवि सिह भनी चिनिने कैलाश ढोलीले गत जेठ १४ गते भारतका महेन्द्र सिहको घरबाट चोरी गरी ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए । भारतबाट सुनचाँदी र नगद चोरी नेपाल आउन लागेका दुई जनालाई भारतको पलियामा पक्राउ गरी उतै मुद्दा चलेको र नेपाल आएका कैलाशलाई अनुसन्धानको दायरामा ल्याउँदा ४१५.३७ ग्राम सुन बरामद भएको शर्माले बताए । महेन्द्रको घरमा काम गर्ने कैलाशले घरधनी घुम्न गएको बेला चोरी गरेर भागेका थिए ।

२०७८ माघ २६ गतेको सचिव स्तरको निर्णय र सोही निर्णयको आधारमा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्राचार अनुसार सम्बन्धित व्यक्ति महेन्द्र सिहलाई सुन हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक शर्माको भनाई छ ।

यता सुन धनीले आफ्नो घरबाट डेढ किलो बराबरको सुन चोरी भएको बताएका छन्  । तर महेन्द्रले भारतमा पक्राउ परेका दुई जनाबाट दुई सय ग्राम र नेपालमा पक्राउ परेका एक जनाबाट ४१५.३७ ग्राम सुन प्राप्त भएको बताउनुभयो । यस प्रकरणमा प्रहरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन १७

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP