२०८३ भाद्र २२, सोमबार
September 7, 2026, Monday

मामाको करणीबाट गर्भवती बनेकी १५ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- बाजुरामा एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका-९ की १५ वर्षीया सितारा नेपालीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए ।

गर्भवती बालिकाको अवस्था जटिल हुँदा जिल्ला अस्पताल बाजुराले सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपछि बिहीबार उद्धार गरिएको उनले बताए ।

अवैध सम्बन्ध राखेर गर्भवती गराउने बालिकाका मामालाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ । गर्भवती बालिकाका मामालाई हाड नाता करणीमा मुद्धा दायर गर्ने गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Related News

प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
प्रेस युनियन डोटीको पहिलो निर्णय : साइबर आक्रमणविरुद्ध सिधै कानुनी लडाइँ
  • २०८१ आश्विन १७

दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...

TOP