दिपायल– सुदूरपश्चिम प्रदेश सभाका तीन संसदिय समितिको निर्वाचन मिति तोकिएका छन् । आज बसेको प्रदेश सभाको पाँचौं अधिवेशनको १२ औं बैठकमा निर्वाचन मिति तोकिएको हो ।
सभामुख भिमबहादुर भण्डारीले असोज ११ गते शुक्रबार दिनको १ बजे तीन संसदिय समितिको निर्वाचन मिति तोकिएको सभामा जानकारी दिएका छन् ।
प्रदेश सभाको सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिको निर्वाचन तय गरिएको छ । सभामुख भण्डारीले सो अनुसार निर्वाचन कार्यतालिका तयार गर्न सचिवालयलाई निर्देशन दिए ।
सत्तासमिकरणसंगै यी समितिहरु सभापतिविहिन बनेकाले सभाबाट निर्वाचन मिति तय गरिएको जनाइएको छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...