२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

दिपायल– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रदेशसभाको पाँचौ अधिवेशनको १२ औं बैठकले बजेट पारित भएको हो । आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले पारितका लागि पेश गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख भिमबहादुर भण्डारीले सभामा जानकारी दिए । उनले भने –‘हुन्न भन्ने भन्दा हुन्छ भन्ने माननियको संख्या बढी भएकोले समग्र बजेट बहुमतले पारित भएको घोषणा गर्दछु ।’

सो प्रस्तावमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा मत दिएका थिए ।

भदौ ३१ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गरेका थिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP