२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

पूर्वीचौकीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दिपायल–  नेपाल प्रहरीले डोटीमा एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले पूर्वीचौकी गाउँपालिका वडा नं. ७ बगडाका ६२ वर्षीय शंकर साउदलाई पक्राउ गरेको हो ।

उनी भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले जानकारी दिए । डीएसपी भट्टराईका अनुसार साउदलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए ।

स्थानीयका अनुसार साउद स्थानीय वनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP