दिपायल– सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशनको ११ औं बैठक आज बस्दै छ । असोज १ गते बसेको बैठकपछि अनिश्चित बनेको प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको हो ।
‘मिति २०८१ असोज ४ गते शुक्रबार दिनको २ः०० बजे सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशनको एघारौं वैठक बस्ने भएकाले सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि अनुरोध छ’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
प्रदेश सभा बैठकमा भदौ ३१ गते आर्थिक मामिला मन्त्री विरबहादुर थापाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमाथि छलफल हुने अनुमान गरिएको छ । यद्यपी संविधानविपरित वर्तमान सरकारले नयाँ संशोधित बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...