२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

स्वावलम्बन लघुवित्तद्धारा शैलेश्वरी क्षेत्र विकास समितिलाई र्‍याक हस्तान्तरण

दिपायल । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डोटीले शैलेश्वरी क्षेत्र विकास समितिलाई फलामे र्‍याकहरु हस्तान्तरण गरेको छ । बुधबार वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत तीन वटा जुत्ता चप्पल राख्ने फलामका र्‍याक हस्तान्तरण गरेको हो ।

दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीद्धारा लघुवित्तले शैलेश्वरीका पुजारी राजेश भट्टलाई र्‍याक हस्तान्तरण गरेको जनाएको छ ।
शाखा प्रमुख राजन केसीले मन्दिरको सरसफाइ र जुत्ता चप्पल राख्ने ठाउँ नहुँदा जताततै जुत्ता चप्पल राख्नुपर्ने अवस्थालाई मध्यनजर गरेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ¥याक सहयोग गरेको जानकारी दिए ।

वित्तीय संस्थाका क्षेत्रीय कार्यालय प्रबन्धक उमेशकुमार भण्डारीले संस्थाले वित्तीय कारोबारका साथसाथै सामाजिक कार्यहरूमा पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासी, क्षेत्रीय कार्यालयका प्रबन्धक उमेशकुमार भण्डारी, संस्थाका विभिन्न समूहका प्रमुख तथा प्रतिनिधि, शैलेश्वरी क्षेत्र विकास समितिका पदाधिकारी र सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रम सञ्चालक निरज पालले जानकारी दिए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP