२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका अभियुक्त ९ वर्षपछि पक्राउ


दिपायल- जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका– ७ उडीतोलाका ४७ वर्षीय राम बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्कालाई आइतबार बिहान ६ बजेको समयमा सिलगढी साँफेबगर जोड्ने सडक खण्डबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

जिल्ला अदालत डोटीले जबरजस्ती करणी मुद्दामा खड्कालाई ३ वर्ष कैद सजाय तोकेको थियो । उनी २०७२ साल साउन ३० गते देखि फरार थिए । अभियुक्त खड्का तत्कालिन समयमा दिपायल सिलगढी नगरपालिकाका सवारी चालक थिए ।

फरार रहेको ९ वर्ष पछि पक्राउ परेका खड्कालाई आइतबारनै कैद भुक्तानको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ भाद्र ३०

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP