२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्ग र महाकाली लोकमार्ग सुचारु

बैतडी – वर्षाका कारण खसेको पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली लोकमार्ग सुचारु भएका छन । दुवै राजमार्गमा खसेको पहिरो पन्छ्याईएपछि राजमार्ग सुचारु भएका हुन ।

शुक्रबार रातिदेखि नै राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका– १ गुरुखोलामा पहिरो खसेको थियो ।

महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका– ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो । राजमार्गमा खसेका पहिरोहरु सबै पन्छ्याएर राजमार्ग सुचारु गरिएको प्रहरीले बताएको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ भाद्र २९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP