बैतडी : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आफ्नो सेवा कार्य अन्तर्गत बैतडीमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
जिल्लाको कृष्ण मावि पाटन नगरपालिका ६ बैतडीका बिद्यार्थीलाई सामाग्री वितरण गरेको हो । कक्षा ११ र १२ मा पढने प्राविधिकधार र साधारणधारका १ सय १५ बिद्यार्थीलाई झोला र कपी बिवतरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय सदस्य प्रदिप भट्टले बताए ।
परिषद्ले कृष्ण माविमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर नगर प्रमुख गौरीसिह रावल र वडा नम्बर ६का वडा अध्यक्ष राजेन्द्र सिह बिष्टमार्फत सामाग्री विद्यार्थीलाई हस्तातरण गराएको छ ।
परिषद्ले विद्यार्थीहरूलाई झोला, कपी कलम, पुस्तक जोमेष्ट्रिक बक्स, नेपाली वृहत् शब्द कोष टोपी लगायतका सामग्री वितरण गरेको जनाइएको छ । उक्त शैक्षिक सामग्री भारतीय जनता र भारत सरकारको सहयोगमा उपलब्ध गराएको परिषद्ले जनाएको छ ।
परिषद्ले यस अगाडीदेखि नै जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकासका तालिम, छात्रवासका लागि मिसन साहसी कार्यक्रम निःशुल्क कम्प्युटर तालिम, बाल संस्कार कार्यक्रम सरसफाइ अभियान लगायतका रचनात्मक कार्यको माध्यमबाट व्यक्तिको सर्वागिण विकासको कार्यमा सहभागी हुँदै आएको छ ।
उक्त संस्था नेपालको एक मात्र सामाजिक स्वतन्त्र विद्यार्थी सङ्गठनको रूपमा रहँदै आएको छ । परिषद् २०५२ शालामा स्थापना भएर ७७ वटै जिल्लामा सक्रिय रहँदै आएको छ ।
यस्तै शैक्षिक एवम् सामाजिक मुद्दाहरूमा निरन्तर रचनात्मक एवम् सिर्जनात्मक कार्य गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवा कार्य अन्तर्गत गत तीन वर्षदेखि निरन्तर देशका अलगअलग जिल्लाहरूमा शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । उसले २०७९ साल देखि देशका विभिन्न जिल्लामा शैक्षिक सामग्री वितरण गर्न सुरु गरेकाे हाे ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...