सुनको भाउ स्थिर रहेको छ । साउन ३१ गते, बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँ कायम रहेको छ । चाँदीको भाउ भने यस दिन बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार हुँदैछ । बुधबार भने सुनको भाउमा सामान्य गिरावट भएको थियो । मंगलबार हालसम्मकै महंगो मूल्यमा खरिदबिक्री भएको सुन बुधबार ३०० रुपैयाँले घटेको थियो । मंगलबार सुनको भाउ तोलाकै एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो ।
बिहीबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ७४० रुपैयाँमा किनबेच भइरहेको छ ।
यसअघि, बुधबार चाँदीको मूल्य सस्तिएको थियो । हिजो चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक लाख ७३५ रुपैयाँमा झरेको थियो ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...