काठमाडौं- सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। मंगलबार एकै दिन तोलामा २१ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ।
यसअघि साउन २१ गते सुनको मूल्य १ लाख ५० हजार पुगेर कीर्तिमान कायम गरेको थियो।
चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँ पुगेको छ।
सोमबार सुन प्रतितोला १ लाख ४८ हजार सात सय र चाँदी तोलाको १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...