२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

निरन्तर तेस्रो दिन रेकर्ड बनाउँदै डलरको मूल्य

काठमाडौं– डलरको मूल्यले निरन्तर तेस्रो दिन रेकर्ड बनाएको छ। गत शनिबारको रेकर्डलाई तोडेर डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई बुधबार तोडेको थियो भने बुधबारको रकेर्डलाई आज अर्थात साउन २४ गते, बिहीबार तोडेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यस दिनको मूल्य हालसम्मकै उच्च हो। यस अघि हिजो अर्थात बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो।

डलरको भाउ महंगिदै जाँदा आयात झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ श्रावण २४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP