२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday

सुदूरपश्चिमको राजधानीको विषयमा पुनर्विचार गर्न सकिन्छ : प्रदेश प्रमुख मियाँ

दिपायल, असार १९ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले स्थायी राजधानीको विषय पुनर्विचार गर्न सकिने बताए । नेपाल पत्रकार महासंघ डोटी शाखाले बुधबार दिपायलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजधानीको संरचना बनीनसकेको अवस्थामा संसदले राजधानीको विषय पुनर्विचार गर्न सकिने बताएका हुन् ।

“अन्य प्रदेशमा राजधानीको टुंगो लगाउने देखि संरचना निर्माण गर्ने काम हुुँदै छ,“उनले भने,“तर, सुदूरपश्चिम सरकारले तोकेको ठाउँमा राजधानी बन्ने नबन्ने कुुरा अझै टुंगो लाग्न सकेको छैन । संसदले गोदावरीमा निर्णय गरेको भन्ने कुरा सुनियो तर, काम अघि बढ्न सकेको छैन । यो हाम्रो दुर्भाग्य हो ।”

“राजधानीको विषयमा अदालतमा समेत रिट परेको छ । त्यसलाई किनारा लगाएर राजधानी निर्माण गर्ने विषयमा अहिले कसैको चासो छैन,“उनले भने ।”

सुुरुमा साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमानै राजधानी राख्ने भनेर उच्च अदालत राखिएको प्रदेश प्रमुख मियाँले बताए । “राजधानी भएकै ठाउँमा उच्च अदालत राख्नुु पर्छ भनेर उच्च अदालत दिपायलमै राखिएको हो,“उनले भने,“यहाँका नेताहरुले ठिक र बेठिक चयन गर्नुु पर्ने थियो त्यो भएन । दिपायल धेरै राम्रो ठाउँ रहेछ । सभाहल लगायतका थुप्रै सरकारी संरचनाहरु पनि रहेछन् । प्रदेशको बीच सेन्टरमा पनि पर्ने रहेछ । मैले कतै रिपोर्टिङ गर्दा के ठिक, के बेठिक सुुझाब दिन्छुु ।”

राजधानी तोक्ने विषयमा जनताले चुनेका व्यक्तिहरुले निर्णय गर्ने अधिकार रहेको बताउँदै प्रदेश प्रमुख मियाँले त्यसमा पुनर्विचार गर्नसकिने बताएका हुन् । “संविधानमा संसदको दुुई तिहाई बहुतले जहाँ तोक्छ त्यही राजधानी हुुन्छ भनेर लेखेको छ,“उनले भने,“जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले इमान्दारिता देखाउनुु प¥यो । सुुदूरपश्चिमको हकमा राजधानीका लागि अन्यत्र संरचना बनेको अवस्था छैन । अझै पनि केही बिग्रेको छैन । विकल्पमा राजधानी दिपायल वा अन्य क्षेत्रमा सार्न सकिन्छ । एउटा आयोग बनाएर वा सांसदमा दुुई तिहाई बहुतले निर्णय गर्नसक्ने विकल्प पनि छ ।”

राजधानी तोक्ने विषयमा जनताले चुनेर पठाएका नेताहरुमा इमान्दारिता नदेखिएको उनको बुुझाई छ । “हाम्रो प्रतिनिधिले जहाँ भन्यो हाम्रो मत त्यही पुुगेको हो । यहाँका पीरमार्का उहाँहरुले बुुझ्नुु पथ्र्यो । तपाईं हामीले पठाएका मान्छेहरुमा इमान्दारिता नभएको हो की ?, उनले प्रश्न गरे । ”

संविधान संसोधनका विषयमा सचारकर्मीहरुले राखेको प्रश्नमा प्रदेश प्रमुुख मियाँले आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिने बताए । संविधान सभा सदस्य समेत रहेका उनले राष्ट्रिय सहमति जुटाएर संविधनले विकल्प नदिएका कुराहरु थप्न सकिने बताए ।

“पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा अदालतले वैकल्पिक सम्भावना भए सम्म विघटन गर्न हुन्न भन्ने नजिर राख्यो,“उनले भने,“यस्ता जटिलता संसोधन गर्न पर्छ । अदालतले सरकार प्रमुख तोक्ने, अदालत गईरहनुु पर्ने अवस्था अन्त्यका लागि संसोधन जरुरी छ । संविधाले कानुनले नबोलेका कुरा समेट्नुु पर्छ । कुनकुन कुराहरुको जटिलता छ भन्ने कुरा नेताहरुले ल्याउलान् ।”

अस्थिर सरकारका कारण धेरै जसो कानुुन निर्माण हुन नसकेको उनको भनाई छ । “छिटो छरितो बन्नुु पर्ने कानुन अपूर्ण छ । कानुुन निर्माण र विकासमा दलहरू जसरी लाग्नु पर्ने हो त्यसरी लागेको देखिदैन,“उनले भने,“कसरी सत्ता जोगाउने र कसरी असफल पार्ने भन्ने लडाईँ लड्दा लड्दै दलहरु ठिक्क छन्,यो देशका लागि दुुर्भाग्य हो ।”

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ असार १९

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP