२०८३ असार ९, मंगलवार
June 23, 2026, Tuesday

सिटिजन्स बैंकले कैलालीको मोहन्यालका विद्यालयलाई सहयोग गर्‍यो भौतिक सामग्री

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई डेस्क, बेन्च र राउन्ड टेबललगायतका भौतिक सामग्री उपलब्ध गराएको छ ।

विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको र करिब १ हजार गरीब, जेहनदार विद्यार्थी अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको कमी देखिएकाले ती सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईबाट १७ लाख ४९ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा ६० वटा जिल्लामा सेवा प्रदान गर्ने बताइएको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ जेष्ठ २८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP