२०८३ बैशाख १७, बिहीबार
April 30, 2026, Thursday

जंगली च्याउ खाँदा २ बालबालिकाको मृत्यु

बझाङ – बझाङमा जङ्गली च्याउ खाँदा बझाङमा २ बालबालिकाको मृत्यु भएको छ।

जङ्गली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका-६ नौराका लक्ष्मण कठायतकी ७ वर्षीया छोरी सञ्जिला र उनका ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो। ​ सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए।

उनीहरूले बुधबार बिहान घरमाथिको लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए। आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको छ।

लक्ष्मण कठायत विद्यालयका कर्मचारी भएको र उनी विद्यालय गएका बेला आमासहित छोराछोरीले च्याउको तरकारी बनाएर खाएका थिए। पुनीकी जेठी छोरीले भने च्याउको तरकारी खाएकी थिइनन्।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०८० भाद्र १५

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP