२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

डोटीमा तीन बालबालिकाको विचल्ली

डोटी : डोटीमा तीन बालबालिकाको बिचल्ली भएको छ। जिल्लाको सायल गाउँपालिका वडा नम्वर २ लुसाकोटका नौँ बर्षका कर्ण थापा, उनक सात वर्षीय दीपक र पाँच वर्षीया बहिनी जानकीको बिचल्ली भएको हो।

रोजगारीका लागि भनी पाँच वर्ष पहिले भारत छिरेका उनीहरुका बुवा शेरबहादुर उतै वेपत्ता छन् भने आमा इशराको मृत्यु भएको छ। केही वर्षदेखि मानसिक सन्तुलन गुमाएकी इशाराको मृत्यु भएको दुई साता बढि भईसकेको छ।

भारतमा वेपत्ता भएका शेरबहादुरको खोजीका लागि पटक–पटक प्रयास भएपनि उनको अझै पत्तो लागेको छै।

स्थानीय मानबहादुर वलीले भने, ‘घरमा कर्णकी ७५ वर्षीया हजुरआमा राजु थापा छिन्। राम्रोसँग हिँडडुल पनि गर्न नसक्ने हजुरआमा सामाजिक सुरक्षा भत्ताबाट आएको पैसाले घर खर्च चलाउने गरेकी छिन्।’

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख १७

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP