डोटी- केआई सिंह गाउँपालिका वडा नं. ६ सलेनामा राहतको बिषयलाई लिएर लगाएको ताला खुलेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टको गाउँ (टोल) फलेडीका थप ७० परिवारलाई राहत दिनुपर्ने माग गर्दै तालाबन्दी गर्नेले ताला खुलेका हुन् । यस भन्दा अघि सो गाउँका २९ जनाले खाद्यान्न राहत पाईसकेका छन् ।

विपन्न तथा मजुरका लागि भनि प्रदेश सरकारले स्थानिय सरकार मार्फत राहत वितरण गर्न दिएको रकम र मापदन्डका बिषयमा पटक–पटक विवाद हुँदै आएको छ ।
राहत वितरणकै क्रममा सोमबार वडा कार्यालयमा लगाएको ताला मंगलबार खुलेको छ । ताला लगाउँने व्यक्ति सहित मुख्यमन्त्रीको गाउँका समुदायले ७० परिवारलाई राहत दिनुपर्ने भनी ल्याएको लिस्ट अनुसार वडाले अवस्था हेरेर राहत दिने भनेपछि ताला खोलीएको हो । राहत वितरण गर्दा आफ्नो टोलका मान्छे छुटेको भन्दै स्थानिय यकेन्द्र (यज्ञ) भट्टले वडा वरिपरि कोही नभएको मौका छोपी ताला लगाएका थिए । तालाबन्दी गर्ने भट्टले मंगलबार आफै ताला खोलेका हुन् । वडा कार्यालयमा बसेको बैठक पछि सहमती भए लगत्तै ताला खोलिएको हो ।
वडा कार्यालयले पुरै वडा भित्र ६६ जनालाई राहत वितरण गरेको छ जसमध्य २९ जना मुख्यमन्त्रीको गाउँ फलेडिका छन् । गाउँका थप ७० जनालाई राहत उपलब्ध गराउँनु पर्ने उनिहरूको माग छ ।
राष्ट्रिय जनमोर्चाका नेता केशवनाथ योगीले जनताले राहतको अर्थ नै नबुझेको बताउँदै राहत कस्का लागि, किन र राहत केहो भन्नेबारे बुझ्न जरुरी रहेको बताए । उनले वास्तविक मजदुर तथा विपन्न वर्ग वाहेक अरुले राहत थाप्नु लाजमर्दो कुरा भएको बताए ।
तरुण दल डोटीका अध्यक्ष नारायण बलायरले कुनै सूचना जानकारी, सचेतना र आधिकारीक संस्था संगठन विना नै व्यक्तिले गरेको ताला बन्दी प्रति खेद प्रकट गरे । उनले राहत वितरणका क्रममा भएको कमजोरीका बिषयमा सुरुमा जनप्रतीधिलाई सचेत गराउँने, सच्चिन मौका दिने त्यती गर्दा पनि मानेन अटेर ग¥यो भने मात्रै आधिकारिक संघ, संगठन र पार्टी मार्फत तालाबन्दी गर्दा अर्थरहने बताए ।
वडाध्यक्ष दीप बलायरले पहिलो चरणमा गरिएको राहत वितरणका क्रममा छुटेका गरिव विपन्न परिवारलाई दोस्रो चरणमा खाद्यान्न वितरण गरिने बताए । उनले तालाबन्दी गर्ने गाउँका व्यक्तिले दिएको नामावलीमा अवस्था हेरेर राहतको व्यवस्था गर्ने बताए ।
वडा कार्यालयमा तालाबन्दी गर्ने यज्ञ भट्ट पत्रकार हुँ भन्दै धम्क्याउँने कार्यमा संलग्न रहेको खुलेको छ । गाउँपालिकाको वडा नं. ७ का अध्यक्ष हर्क बिष्ट र ६ का अध्यक्ष बलायरले तालाबन्दी गर्ने भट्टले पत्रकार हुँ भन्दै पटक–पटक अन्तरवार्ता लिने गरेको बताए । स्थानिय तथा अन्य कार्यालयका कर्मचारीले तालाबन्दी गर्ने भट्टले पत्रकार हुँ भन्दै कार्यलयमा गएर धम्क्याउँने गरेको गुनासो समेत गरेका छन् ।
स्थानिय तथा वडाध्यक्षको गुनासो पछि नेपाल पत्रकार महासंघ डोटीका सदस्य पवन महराले निजलाई पत्रकार हुँ भन्दै अफवाह नफैलाउँन सचेत गराए । महराले पत्रकारितालाई बदनामित गर्ने गरेर पत्रकारको रवाफ देखाउँदै धम्क्याउँने, जथाभावी अन्तरवार्ता दिन लगाउँने कार्य निन्दनिय भएको भन्दै त्यस्ता जोकोही व्यक्तिका बिरुद्ध महासंघले कानुनी उपचार खोज्ने बताए । उनले भट्टलाई गैर पत्रकारको बिल्ला भिरेर त्यस्तो हर्कत नगर्न समेत सचेत गराए ।
तालाबन्दी गर्ने ब्यक्ति कुनै पनि मिडिया र पत्रकारको संगठनमा आबद्ध छैनन् ।
तालाबन्दी गर्ने मुख्यमन्त्रीका गाउँका ब्यक्तिले राहतका लागि सिफारिस गरिएका परिवारको विवरण


दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...