२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

देउसराको छायांकन हुँदै


दिपायल – डाेटेली भाषाकाे “देउसरा आइगै” गीतको छायांकन गरिएको छ । छायांकनको काम सकिएसँगै केही दिनमा बजारमा ल्याउने तयारी भइरहेको छ ।

संगीत भरिएको लामो समय पछि यो गीत भिडियो सहित बजारमा आउन लागेको हो । चर्चित गायक तथा संगीतकार तिलक सिंह पेलाले यस गीतमा शास्त्रीय संगीतको संयाेजन गर्नुभएकाे छ ।

हेमन्त विवशले रचना गर्नुभएकाे यस गीतकाे एरेन्ज रिदम कडेलले गर्नुभएकाे छ । गीतमा सुदूरपश्चिमकाे भेषभुषा देखाइएको छ। पेलाको “के लत बस्यो मलाई” को अपार सफता पछि यो गीत बजारमा आउन लागेको हो । यो गीत पनि सो गीत जस्तै चर्चित हुने विश्वास लिइएको छ ।

डोटेली भाषाको यो गीतमा फरक संगीत, शब्द प्रयोग गरिएको छ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८० असार १९

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP