२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

डाक्टर कुट्ने डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

बिहीबार नै  लम्साललाई  महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर  महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।

डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि  कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दु:ख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

डाक्टरमाथि कुटपिट भएको घटनाबारे अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७७ बैशाख ४

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP