२०८२ मंसिर २७, शनिबार
December 13, 2025, Saturday

कोरोना कहरमा जन्मिएका जुम्ल्याहाले नाम पाए कोरोना भाइरस

सिमकोट-सोबमार प्रसुति गृहमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ।

कोरोना सक्रमणको त्रासका बेला जुम्ल्याहा बच्चा जन्मिएकोले उनीहरुको नाम यस्तो राखिएको हो।

सिमकोट गाउँपालिका वडा नम्मबर ८ को याङ्गुकी बिरमता शाहीले कोरोना त्रासका बेला जुम्ल्याहा छोरी र छोरा जन्माएकोले उनीहरुको नाम कोराना र भाइरस राखिएको प्रसुती गृहकी सिनियर अनमी सरिता बोहराले बताइन्।

पहिले जन्मेकी जेठी छोरीको नाम कोरोना राखिएको छ भने पछि जन्मेका छोराको नामा भाईरस राखिएको छ। उनीको नाम कोराना र भाईरस राख्नमा आमा बिरमता र बुवा हस्त बहादुर शाहीले सहमती दिए अनुसार अस्पतालको पुर्जामा उक्त नाम राखिएको हो।

जन्मिदा कोरानाको तौल दुई हजार पाँच सय ग्राम र भाइरसको तौल एक हजार सात सय ग्राम रहेको थियो। अहिले जिल्ला अस्पतालको प्रसुती गृहमा रहनु भएका आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको छ।

Related News

राधाकृष्ण माविको विव्यस अध्यक्षमा पूर्व प्रअ अर्जुन बलायर चयन
राधाकृष्ण माविको विव्यस अध्यक्षमा पूर्व प्रअ अर्जुन बलायर चयन
  • २०७७ बैशाख १

दिपायल – राधाकृष्ण माध्यमिक विद्यालय (शिखर नगरपालिका -८ गोपघाट )को...

TOP