२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सरकारलाई हरसम्भव सघाइरहेका छौं: देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन्।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई आफूहरूले सघाएको देउवाको भनाइ छ।

‘कांग्रेस जिम्मेवार प्रतिपक्षीका रूपमा रहेर आजको चुनौती सामना गर्न सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको छ,’ देउवाले विज्ञप्ति निकालेर भनेका छन्।

उनले कोरोना परीक्षण कार्य युद्धस्तरमा गर्न पनि सरकारलाई सुझाव दिएका छन्।

‘युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएको छ तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालना गर्न सचेत गराएको छ,’ देउवाले भनेका छन्।

साथै देउवाले नयाँ वर्ष २०७७ को शुभकामना पनि दिएका छन्। ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण विरुद्ध सबै जना एकजुट भएर लड्न आवश्यक छ,’ उनले भनेका छन्।

लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयम तथा एकताका साथ कार्य गर्न पनि देउवाले आग्रह गरेका हुन्।

‘संसारकै लागि अभिशापको रुपमा रहेको कोराना भाइरसमाथि विजय पाउन नयाँ वर्ष २०७७ सफल हुनेछ भन्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,’ नयाँ वर्षको शुभकामना दिँदै देउवाले भनेका छन्।

Related News

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु
  • २०७७ बैशाख १

अब नेपाल टेलिकमका सिमकार्ड घरमै, हुलाक सेवामार्फत वितरण सुरु काठमाडौं...

TOP