२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

चुनावी खर्चको विवरण बुझाउन उम्मेदवारलाई निर्वाचन कार्यालयको आग्रह

धनगढी: गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सहभागी उम्मेदवारलाई खर्च विवरण बुझाउन प्रदेश निर्वाचन कार्यालयले सूचित गरेको छ। 

कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनका उम्मेदवार तथा निजका प्रतिनिधिलाई निर्वाचन खर्च विवरण उपलब्ध गराउन सूचित गरेको हो। 

निर्वाचन कार्यालयले सम्पूर्ण नगरपालिका/गाउँपालिकामा विभिन्न पदमा उम्मेदवार बनेकाहरुले आफूले गरेको निर्वाचन खर्चको विवरण मत परिणाम आएको ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। साथै तोकिएको समयावधिभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई कानूनबमोजिम कारबाही हुने समेत जनाइएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७९ जेष्ठ १५

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP