२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुदूरपश्चिममा र्‍यापिड टेस्ट गरिएका १८ सय ९५ जनाको नेगेटिभ रिपोर्ट

धनगढी:  कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्‍यापिड टेस्ट जारी छ। अहिलेसम्म सुदूरपश्चिमबाट एक हजार ८ सय ९५ जनाको र्‍यापिड टेष्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ।

र्‍यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ। अहिलेसम्म  दार्चुलाको तथ्याङक आएको छैन भने बाँकी आठ जिल्लाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। कैलालीमा सात सय ३०, बझाङमा ४ सय २६, कञ्चनपुरमा चार सय ७, डोटीमा दुई सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक/एक जनाको र्‍यापिड टेस्ट गरिएको केन्द्रले जनाएको छ। 

र्‍यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने गरेको छ। यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्‍यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ। 

यस्तै सरकारले केही जिल्लामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको भएपनि कैलालीमा भने किट अपुग हुने देखिएको छ। जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुनसक्ने स्थानीय तहहरुको अनुमान छ। 

हाल सरकारले सुदूरपश्चिममा १० हजार थान मात्र आरडिटी किट उपलब्ध गराएको छ। 

Related News

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
  • २०७६ चैत्र २९

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी...

TOP