२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

कोरोना: सुदूरपश्चिमका २ सय ५९ नमूनाको नतिजा नेगेटिभ

धनगढी – सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६ सय ९५ व्यक्तिको नमूना सङ्कलन गरिएको छ । प्रयोगशाला परीक्षणबाट २ सय ५९ नमूनाको नतिजा नेगेटिभ आएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार सम्म २ सय ५९ नमूनाको नतिजा आएको र सबै नेगेटिभ रहेको छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये एक हजार ४ सय ३२ नमूनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४ सय ८९, कञ्चनपुरका १ सय ३७ र डोटीका २ सय १३ जनाको रगतको नमूना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । उनीहरुको सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचार भईरहेको र चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म जम्मा ५६ बालबालिका सहित दुई हजार ५ सय १३ क्वारेन्टाईनमा बसेका छन् । यस्तै १९ जना विभिन्न अस्पतालको आइसोलेसनमा बसेका छन् भने आइसोलेसनमा बसेका मध्ये ५८ सामान्य उपचारपछि घर फर्किएको मन्त्रालयले जनाइको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७६ चैत्र २९

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP