२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

गाउँको सहकारीले एक आर्थिक वर्षमा साढे तीन करोड बढी रकम भित्र्यायो

डोटी- डोटीको एक गाउँमा स्थापना भएको सहकारी संस्थाले एक आर्थिक वर्षमा साढे तीन करोड रुपैंया भित्र्याएको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ र ७ मा सञ्चालित नव बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मनि ट्रान्सफर सेवा सञ्चालन गरेर उक्त रकम भित्र्याएको हो ।

२०६७ सालमा २९ जना शेयर सदस्यले एक लाख ४५ हजार संकलन गरेर स्थापना गरेको उक्त सहकारीमा अहिले ७ सय १५ जना शेयर सदस्य रहेका रहेका छन् । गाउँपालिकाको दुई वटा वडामा सेवा दिइरहेको सहकारी संस्थाले यो आर्थिक वर्षमा तीन करोड ७१ लाख १९ हजार ९ सय २५ रुपैंया भित्र्याएको जनाएको छ । प्रभु मनि ट्रान्सफर सेवा मार्फत सबै भन्दा बढी दुई करोड ३६ लाख ७१ हजार २ सय ४० रुपैंया भारतबाट भित्रिएको छ । नेपाल भित्रबाट ७९ लाख २७ हजार ६ सय १५ रुपैंया भित्रिएको छ भने ५५ लाख २१ हजार ७० रुपैंया बाहिरिएको सहकारीको रिपोर्टमा छ ।

नव बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको ११औं वार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका व्यवस्थापक लोक बलायरले मनि ट्रान्सफर सेवा प्रभावकारी बनेको र यहाँका जनताहरुको आयस्रोतमा वृद्धि भएको बताए । यहाँका स्थानीयहरु कामका लागि प्राय भारत जाने गरेका छन् । उनिहरुले भारतमा कमाएको पैंसा आफ्नै गाउँको सहकारीले सञ्चालन गरेको मनि ट्रान्सफर सेवा मार्फत पठाउने गरेका छन् ।

संस्थाले वार्षिक साधारण सभाबाट आर्थिक प्रतिवेदन पास गरेको छ । अहिले सहकारी संस्था संग एक करोड ६४ लाख पँुजी रहेको छ । सहकारीका अध्यक्ष अर्जुन बलायरको सभापतित्वमा सम्पन्न वार्षिक साधारण सभामा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना विष्ट, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकारहरु, शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

सहकारीले हालसम्म सेवा मुलक भएर काम गरिरहेको अध्यक्ष बलायरले बताए । शेयर सदस्य तथा स्थानीयहरुलाई सेवा दिनु र उनिहरुलाई आर्थिक रुपमा बलियो बनाउँनु संस्थाको मुख्य उद्येश्य रहेकाले मुनाफा भन्दा पनि सेवा मुलक भएर काम गरिरहेको उनको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष शाहीले थोरै व्यक्तिहरुको सक्रियतामा ग्रामीण क्षेत्रमा स्थापना भएको उक्त सहकारीले बैंक जस्तै विश्वसनीय र भरपर्दो सेवा प्रदान गर्दै आएकोमा धन्यबाद व्यक्त गरे । सदरमुकाम देखि टाढा रहेका स्थानीयहरुले बैंङ्क जस्तै सेवा पाउनुका साथै बचत गर्ने बानिको पनि विकास हुने भएकाले सहकारीलाई निरन्तरता दिन आग्रह गरे । सहकारीको सहयोग, समन्वयले पालिका सरकारलाई पनि सहज भएको शाहीले बताए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ चैत्र १२

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP