२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सरकारको कामप्रति प्रचण्डको असन्तुष्टि : सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव

काठमाडौँ – नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।

बिहीबार बेलुका इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँग अन्तरवार्ता दिँदै दाहालले अहिलेको परिस्थितिको सामना गर्न राजनीतिक संयन्त्र गठन गर्नु उपयुक्त हुने प्रस्ताव गरेका हुन्।

२०७२ सालमा संविधान घोषणा हुनुअघिसम्म नेपालका महत्वपूर्ण निर्णय दलहरुबीचको राजनीतिक सहमति हुने र त्यसलाई निर्देशित गर्न सर्वदलीय संयन्त्र बन्ने गरेको थियो।

अहिले प्रमुख प्रतिपक्षी दलले समेत सरकारलाई कोभिड १९ विरुद्धको लडाइमा जुनसुकै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै त्यसैअनुुसार काम गरिरहेको अवस्थामा दाहालले राजनीतिक संयन्त्रको आवश्यकता औंल्याएका हुन्।

नेपालमा लक डाउन तेस्रो हप्तामा चलिरहँदा आफ्नै पार्टीको नेतृत्वको सरकारले गरेको कामप्रति घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गर्दै राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन्।

दाहालले संयन्त्रमार्फत काम गर्दा ‘अनावश्यक हल्ला र अनयमितता समेत रोकिने’ दाबी गरेका छन्।

अन्तरवार्तामा दाहालले स्वास्थ्य उपकरण खरिद प्रत्रियामा प्रधानमन्त्रीले नै छानविन गर्ने नेकपाको सचिवालय बैठकमा ब्रिफिङ गरेको बताए।

पछिल्लो समय नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग दाहालको सम्बन्ध चिसिएको छ। मंगलबार बसेको सचिवालय बैठकमा समेत दुई नेताबीच स्वास्थ्य सामाग्री खरिद र कोराना नियन्त्रणका उपायबारे सवाल जवाफ भएको थियो।

Related News

सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
  • २०७६ चैत्र २८

सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको...

TOP