२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । निगमको बिहीबार बसेको बैठकले आज देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १५० रूपैँया पुगेको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैँया पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा ११ रूपैँया २८ पैसा, डिजेलमा ११ रूपैँया ७८ पैसा घाटा रहेको छ। तर मट्टितेलमा भने १९ रूपैँया ५१ पैसा फाइदा रहेको निगमले जनाएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ फाल्गुन २०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP