धनगढी– काेरोना भाइरसबाट संक्रमित बनेका धनगढीका युवाको परिवारका सात जनाको रिपोर्ट नेगेटिभ आएको छ।

दुबईबाट आएका धनगढी उप–महानगरपालिकाका ३४ वर्षिय युवामा कोरोना संक्रमण देखिएपछि उनको परिवारका अन्य १० जनाको तीन दिनअघि नमुना संकलन गरिएको थियाे।
१० जनामा सात जनाको नेगेटिभ, एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउँन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।
उनले भने ‘दुई जनाको रिपोर्ट हामीलाई अहिलेसम्म प्राप्त भएको छैन। सुरुमा संक्रमित युवकका एक जना परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि फेरि अन्यको परीक्षण गर्ने नगर्ने विषयमा अहिले नै टुङगो लागेको छैन।’
संक्रमित युवाको परिवारकी एक जना महिलालाई संक्रमण देखिएको शनिबार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियाे।
दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...