२०८३ असार ७, आईतवार
June 21, 2026, Sunday

भोलिदेखि सोमबारसम्म देशभरको मौसम बदली हुने

काठमाण्डौँ – आउँदो सोमबारसम्म देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो विशेष बुलेटिन सार्वजनिक गरेर भोलिदेखि अर्को न्यून चापीय प्रणाली प्रवेश गर्ने भएकोले सोमबारसम्म मौसम बदली हुने जानकारी गराएको छ।

विभागका अनुसार, पश्चिम नेपालबाट छिर्ने यो न्यून चापीय प्रणालीका कारण भोलि शनिबार, आइतबार र सोमबार देशभरिको मौसममा प्रभाव पर्नेछ । उच्च भागमा हिमपात तथा पहाडी र तराईका भागमा मेघ गर्जनसहित मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताए।

यो न्यून चापीय प्रणाली मंगलवारदेखि कमजोर हुँदै जाने र त्यसपछि मात्रै आकाश पूर्ण रूपमा खुल्ने महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ। महाशाखाले सोमबारसम्म अत्याधिक चिसो बढ्ने अनुमान गर्दै चिसोबाट बच्न र हिमपातबाट जोगिन सतर्क गराएको छ।

बितेका केही हप्तामा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुग्ने क्रम रहँदा धेरैलाई रुघाखोकी तथा चिसोका कारण देखिने स्वास्थ्य समस्या पनि बढेको छ। कोरोनाभाइरसका लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्या चिसो बढेसँगै बढ्ने हुँदा थप सतर्क हुन आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

जाडो बेलामा रुघाखोकी लाग्ने र कडा खालको निमोनिया भएर ज्यान समेत जान सक्ने भएकोले स्वास्थ्यको ख्याल गर्नुपर्ने कोभिड अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले बताए। चिसोमा घरबाट बाहिर ननिस्किन र न्यानो गरी बस्न उनको सुझाव छ

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP