२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

सुदूरपश्चिममा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

डोटी- सुदूरपश्चिम प्रदेशमा बिहीबार ५ सय ३४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार २ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा ५सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

२सय ३९जनाको पीसीआरमार्फत र २ सय ९५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।आज थपिएकामध्ये १ सय ५५ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७४, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७६ ,जुलाघाटबाट फर्केका ४,पुलघाट नाका दार्चुलाबाट फर्केका १जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार नाघेको छ।प्रदेशमा ३ हजार २१ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।
 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP