२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १५ हजार १३१ नमूना परीक्षण गर्दा आइतबार ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ५६२ पीसीआर र २ हजार ५६९ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको छ। 

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ माघ २

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP