२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

मुख्यमन्त्री भट्टद्धारा माघी पर्वको शुभकामना व्यक्त

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन्।

कोभिड–१९ को ओमिक्रोन नामको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिरहेका कारण सहजरुपमा चाडपर्व मनाउने परिस्थिति नरहेको यस अवस्थामा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ पर्व मनाउन उनले आग्रह गरेका छन्। स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलाई मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन्।

रासस

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ १

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP