२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026, Friday

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

काठमाडाैं – नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई कोरोना पोजेटिभ देखिएको छ । प्रचण्डको निजी सचिवालयले संक्रमण भएको जनाएको हो।

स्वास्थ्यमा असहजता आएपछि शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको सचिवालयले जनाएको छ। प्रचण्डको स्वास्थ्य अवस्था समान्य रहेको र अहिले आफ्नै निवासमा आराम गरिरहेको उनकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमा जनाएकी छन्।

‘स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ‚’ गंगाले उल्लेख गरेकी छन्‚ ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको र स्वास्थ्य अवस्था सामान्य छ।’

डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि जानकारी गराइएकाे छ ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ पुष २४

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP