काठमाडौँ- कोभिड १९ को महामारीकाे जोखिम बढिरहेका बेला पशुपति आर्यघाटका कर्मचारीहरुले सुरक्षाका सामग्रीहरु अभाव भएको र कोरोना भाइरस संक्रमणकाे जोखिमले शव जलाउन अस्वीकार गरेका छन्।

पशुपति आर्यघाटमा शव जलाउन स्थगित गरिँदा मंगलबार दिउँसोदेखि यहाँ दाहसंस्कार प्रभावित बनेकाे छ। कर्मचारीहरुकाे हड्तालले ल्याइएका शवहरु अहिले अलपत्र अवस्थामा छन्।
‘मर्न पाइन्छ, दाहसंस्कार गर्न पाइँदैन,’ दाहसंस्कारमा सहभागी हुने एक कर्मचारीले मंगलबार दिउँसो भने।
११ वटा शवदाहस्थल भएकाे पशुपति आर्यघाटमा शव जलाउने कार्य ठप्प हुँदा अन्तिम संस्कारका लागि पुगेका मानिसहरु प्रभावित भएका छन्।
लकडाउनको अवस्थामा सरकारले मर्नेहरुका लागि पनि व्यवस्थापन गर्न नसकेको भन्दै आर्यघाटमा निधन भएकाहरुका आफन्तहरुले गुनासो गरेका छन्।
‘आफैँ सबै काम गर्ने भए शव जलाउन पाइन्छ, नत्र पाइँदैन,’ पशुपति आर्यघाटका एक कर्मचारीलाई उद्धृत गर्दै एक आफन्तले भने।
कर्मचारीहरुले पीपीईलगायत सुरक्षा सामग्रीकाे अभाव देखाउँदै र अहिलेको समयमा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकाले काम रोकेको बताएका हुन्।
किन यस्तो भएकाे पशुपति आर्यघाटमा भन्ने प्रश्नमा एक कर्मचारीले व्यंग्य गर्दै भने, ‘कोषकाे व्यवस्थापन राम्रो भएर।’
यसबारे बुझ्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालसँग सम्पर्क गर्दा उनको फोन स्विचअफ थियो।
पशुपति आर्यघाटमा अहिले ल्याइएका शवहरु अन्तिम संस्कार गर्न नसकी अलपत्र अवस्थामा छन्। भक्तपुरबाट ल्याएको एउटा शवलगायत केही शव अलपत्र अवस्थामा देखिएका छन्।
यसअघि पशुपति आर्यघाटमा यस्तो कहिल्यै नभएको पशुपति क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बताए।
पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृह भने सञ्चालन भइरहेको छ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...