२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

शेयर बजार ६३ अङ्कले बढ्यो

शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से आज मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा पुगेको छ ।

आज उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले बढेको छ ।

आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज श्री इन्भेस्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र नेपाल एसबीआई बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष २०

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP