२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

५ अंकले बढ्यो सेयर बजार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबारको कारोबारमा ५ अंकले बढेको छ । आजको कारोबारमा सेयर बजार परिसूचक ५.५१ अंक अर्थात ०.२२ प्रतिशतले बढेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २५२४.५० बिन्दूमा उक्लिएको छ।नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.२६ अंक अर्थात् ०.०५ प्रतिशतले बढेर ४७१.२४ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय २८ कम्पनीका सेयर ४२ हजार ५२१ पटक कारोबार भएको छ ।

आज कारोबार रकम भने केही घटेको छ । ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार हुँदा ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर किनबेच भएको छ। आजको कारोबारमा ९१ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

नेप्से कारोबारमा आएका १३ उपसमूहको मध्ये व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा, लगानी समूह हरियो देखिएका छन्। आज सर्वाधिक कारोबार भएका ५ कम्पनीमा आरएमडिसी लघुवित्त,राष्ट्रिय बीमा कम्पनी, मध्य भोटेकोशी जलविद्युत, प्रिमियर इन्सोरेन्स र नेपाल बंगलादेश बैंक रहेका छन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष १४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP