२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

जिसस डडेल्धुराका प्रमुख भट्टको पशुपतिमा अन्त्येष्टि, देउवाले ओढाए पार्टीको झण्डा

डडेल्धुरा – जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । जिसस प्रमुख भट्टको सोमबार बेलुकी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

भट्टलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा प्रतिनिधिसभा सदस्य निरादेवी जैरू, कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद, रमेश लेखक, नैनसिंह महर, डडेल्धुरा जिल्ला पार्टी सभापति भीमबहादुर साउँदलगायत नेता तथा कार्यकर्ता पुगेका थिए ।२०७४ को स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिका–६ बाट वडासदस्य पदमा निर्वाचित भई भट्ट जिल्ला समन्वय समिति प्रमुख बनेका थिए ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७८ पुष ६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP