२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday
सडकको पर्खाइमा गोरेटो बाटो बाँझियो :

बालबालिकाहरुलाई विद्यालय पुग्नै सकस

मेलघटी आधारभुत विद्यालय

बडीकेदार– मेलघटी आधारभुत विद्यालयका बालबालिका एक देखि दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्ने गर्दछन् । विद्यालय हाता बालमैत्री भए पनि पैदल हिँड्नेबाटो बाँझिएका कारण विद्यार्थिहरुलाई विद्यालय पुग्नै सकस छ ।

बडीकेदार गाउँपालिका–४ पुन्तडामा रहेको उक्त विद्यालयका ७० जना विद्यार्थिहरु दैनिक पैदल हिँडेर विद्यालय आउने जाने गरेका छन् । विद्यालय आउने बाटो कहीँ भिरालो छ भने कहीँ जङ्गलले घेरिएको छ । पैदल हिँडेर विद्यालय पुग्ने विद्यार्थीहरुलाई दैनिकजसो चोटपटक लागेको हुन्छ ।

विद्यालयलाई बालमैत्री बनाउँनका लागि ग्रामिण सामुदायिक विकास केन्द्रले युएमएनको आर्थिक सहयोगमा परियोजना नै सञ्चालन गरेको छ । परियोजनाले बालबालिकाको गुणस्तरीय सिकाईसँगै वालमैत्री कक्षा कोठा व्यवस्थापन, सरसफाई, स्वास्थ्यलाई मध्यनजर गर्दै बालमैत्री विद्यालय बनाउन कार्यक्रम लागु गरेको कार्यक्रम संयोजक दिनेश बमले बताए । विद्यालय हाता भित्र बालमैत्री कार्यक्रम सञ्चालन भए पनि विद्यार्थीहरु घर देखि विद्यालय सम्मकोबाटो हिँड्दा असुरक्षित रहेको उनको भनाईछ ।

मानिस हिँड्ने पुरानोबाटोहरु बाँझिदै गएपछि बालबालिकालाई हिँड्नै सकस हुने गरेको विद्यालयका प्रधानाध्यापक मान बहादुर जेठाराले बताए । ‘पहिला मानिस हिँड्ने बाटो सुधारका कार्यक्रमहरु आउँथ्ये , स्थानीयहरुले आफै पनि बाटो काट्ने गरेका थिए,‘उनले भने,‘ अहिले सडकको माग बढेको छ । सडकको पर्खाइमा स्थानीयहरुले बाटो सुधार गर्नै छोडका छन् । हाम्रा विद्यार्थीहरु दैनिक चोट पटक लागेर विद्यालय पुग्ने गरेका छन्, आज पनि एक जना विद्यार्थीलाई चोट लागेको छ ।’

ग्रामिण सामुदायिक विकास केन्द्रको सहयोगमा बनेको बालमैत्री कक्षा

अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालय पु¥याउने लैजाने कार्य नगर्दा विद्यार्थीहरु झनै जोखिममा रहेको शिक्षकहरु बताउँछन् । विद्यालयको अनुगमनमा गएको जिल्ला परियोजना सल्लाहकार समितिले बालबालिकाका लागि विद्यालय मात्रै बालमैत्री भएर नपुग्ने बताए । बालबालिका घर देखि विद्यालय सम्म र विद्यालय देखि घर सम्म सुरक्षित हुने पर्ने र बाटो देखि घर पनि बालमैत्री हुनुपर्ने अनुगमनकर्ताले बताए ।

सडकको पर्खाइमा हिड्ने बाटो बाँझियो

बडीकेदारकारका प्रत्येक वडाहरु सडक सञ्जालनले छोएको छ । केही टोलहरु र विद्यालय सडक सञ्जालले जोड्न सकेको छैन । विद्यालयबाट टाढा–टाढाको दुरीमा रहेका पुन्तलाका टोलहरुबाट विद्यालय पुग्न पैदल नै हिँड्नु पर्दछ । स्थानीयहरुले पुराना बाटोहरु सुधार गर्न छोडेर सडकको पर्खाइ गर्दै आएका छन् ।

केही वर्षमै सडक आइहाल्छ भन्ने आशाले स्थानीयले गोरेठो बाटोहरु सुधार गर्न छोडिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिष जेठारा बताउँछन् । विद्यालय आउनेबाटो मात्रै नभएर घाँस दाउरा, बन जङ्गल, खेतबारी, स्वास्थ्य चौकी जानेबाटोहरु समेत बाँझिदै गएको उनले बताए । विद्यालय पुग्ने सडक नहुँदा प्रदेश सरकारको लगानीमा बनिरहेको विद्यालय भवनको काम समेत रोकिएको छ । निर्माणको जिम्मा लिएका व्यक्तिले ढुवानीको समस्या देखाउँदै निर्माण कार्य रोकेको स्थानीयको गुनासो छ ।

स्थानीय सरकारको पहलमा गाउँपालिकाका प्रत्येक वडाका केन्द्रहरु, स्वास्थ्य चौकी लगायतका ठाउँहरुमा सडक सञ्जाल विस्तार भएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा भाँट बोहराले बताइन् । गाउँपालिकाका सबै टोल र विद्यालय, स्वास्थ्य संस्थाहरु सडक सञ्जाले जोड्ने प्रयास भैरहेको उनको भनाई छ । हामिले अतिआवस्यक सबै क्षेत्रमा सडक पु¥याउने लक्ष लिएका छौं,‘उनले भनिन्,‘विकास एकै पटक कायापलट हुने हाईन विस्तारै हुने हो । तत्कालका लागि स्थानीयले आफु हिँड्ने बाटोहरु सुधारका लागि पहल गर्नु प¥यो । ‘सडकको योजनाहरु टोलभेलाबाट अत्याधिक आउँछन् तर बाटो सुधार जस्ता योजना माग नै हुँदैनन् । समस्या भएका ठाउँमा माग भए अनुसार हामी अब बाटो सुधारका कार्यत्रम पनि राख्छौं,‘ उनले थपिन् ।’

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ पुष २

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP