२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026, Tuesday

प्रवासीका पीडा चाडपर्व अगावै छताछुल्ल

काठमाण्डौं- नेपालीहरुका महान चाडपर्वहरु दसैँ र दिपावली नजिकिनै लागेका छन् । यस अवधिमा प्रवासबाट स्वदेश फर्किन नपाएका परदेशीहरुका आफ्नै पीडा र बाध्यताहरु छन् ।

तिनै प्रवासीका पीडा र बाध्यताहरु समेटेर थुप्रै गीत संगीतहरु बजारमा आएका छन् । पछिल्लो समय बजारमा आएको म्युजिक भिडियो “विरानो ठाउँ” मार्फत चाडपर्व अगावै प्रवासीका पीडा छताछुल्ल गरिएको छ ।

मोडल मुकुन्द भट्टले ओएसआर डिजिटल नामक युटुव च्यानलबाट सो गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जीसन भट्टको शब्द, संगीत रहेको उक्त गीतमा जीसन भट्ट र सिजासु श्रेष्ठको आवाज रहेको छ । गीतमा प्रवासबाट चाडपर्वमा घर फर्किन नपाएको पीडा पोखिएको छ ।

गीतमा प्रवासीको यथार्थ पीडा छताछुल्ल हुने गरी अभिनय गरिएको छ । मोडल मुकुन्द भट्ट र सिजासु श्रेष्ठ अभिनयको मुख्य भुमिकामा छन् भने गणेश भट्ट लगायतका अन्य कलाकारको अभिनय छ ।

प्रवासीको पीडादायिक कथा समेटिएको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको छ । म्युजिक भिडियो छोटो समयमै लोकप्रिय बन्दै गईरहेको छ ।
भिडियो हेर्नुहोस् ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७८ आश्विन १९

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP