२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डोटी प्रमुख जिल्ला अधिकारीमा विष्ट, डडेल्धुरामा जोशी

डोटी- निमित्तको भरमा संचालन भैरहेको जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी खटाइएको छ । गृह मन्त्रालयले सुदूरपश्चिमका दुई जिल्ला डोटी र डडेल्धुरा सहित देशभरका एक दर्जन प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

डोटीमा शंकर बहादुर विष्ट र डडेल्धुरामा मोहनराज जोशीलाई खटाइएको हो । विष्टले यस अघि पनि डोटी प्रशासनको जिम्मेबारी सम्हालेका थिए । पछिल्लो समय सहायक प्रमुख जिल्ला अधिकारी कीरण जोशी एक्लैले निमित्तको जिम्मेवारी सम्हालेर प्रशासन धानीरहेकी थिईन् ।

कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसीलाई पठाइएको छ । त्यस्तै मुगुमा रोम बहादुर महत, भोजपुरमा कमल ढकाल, महोत्तरीमा बासु दाहाल, लमजुङमा शिशिर बैद्य, मनाङमा रविन्द्र आचार्य, म्याग्दीमा चिरञ्जिवी राना र तेरथुममा अनुज घिमिरेलाई पठाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ आश्विन १६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP